नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, ओलीले डाके स्थायी कमिटी बैठक

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

Advertisement

यसैबिच प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षलाई फकाउने कसरत सुरु गरेका छन् । ओलीले बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक डोकेका छन् ।

बैठक सूरु भैसकेको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठक खनाल-नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न डाकिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री