मंगलबार, ११ वैशाख २०८१

उपत्यकाका यी अस्पतालहरुले अब बिरामी भर्ना नलिने

समयपोष्ट २०७८ वैशाख २८ गते २०:३८

Advertisement

ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिनुभयो ।

चालीस भन्दा बढी भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ । प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिदँँँै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।

अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री