बुधबार, १२ वैशाख २०८१

रामकुमारी झाँक्रीले रुँदै भनिन् :ओलीले हामीलाई ढोका बन्द गर्नुभयो (भिडिओसहित)

समयपोष्ट २०७८ वैशाख २७ गते ७:०६

Advertisement

नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् ।

‘आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो । हामी जे गर्न गैरहेका छौं, राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं । त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भावुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो । पार्टी विघटन भैसकेपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ । त्यो सेटिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको । त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो । त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ, -हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन् ।

‘उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र संविधान अनि कानूनको धज्जी उडाउने काम गर्नुभयो । अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तरसंघर्ष गर्ने अवस्था रहेन । त्यो रहिनसकेपछि हाम्रा लागि अन्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने । त्यो कारणले स्वभावैले स्मृतिका लामा, हामीले गरेका दुःख, यात्रा सम्झना छ, उनले भनिन् – ‘यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि । अझैपनि एउटा अध्यक्षले उदारतापूर्वक स्पेश दिनुपर्छ, र भोलि विहान ९ बजेसम्म पर्खिएर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं । ’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री