संकटमा जनताको साथमा पूर्वमन्त्री शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ गृह जिल्ला रुकुममा छन् ।

Advertisement

कोरोना भाइरसको यो महामारीमा जनतालाई साथ दिन उनी रुकुम पुगेका हुन् । नेता शर्माले रुकुमका सबै स्थानीय तहमा पुगेर कोरोना संकट ब्यवस्थापनको नेतृत्व लिएर काम गरिरहेका छन् ।

यसैबिच उनले संकटको बेला नेताहरु जनताकाबिचमा हुनुपर्ने बताएका छन् । संकटमा जनताको साथमा नहुँने ब्यक्ति नेता हुँन नसक्ने भन्दै संकट युद्ध भएको र युद्ध जित्न नेताहरु नै जनताको बीचमा जानुपर्ने बताए । नेता शर्माले महामारीलाई सहज स्वीकार गर्दै सामना गर्नुपर्ने बताउँदै भने,‘महामारी आइसक्यो, आइसकेपछि रोएर, कराएर, चिच्चयाएर यो भाग्नेवाला छैन । यसैले रोकथाम गरेर यसलाई जित्ने कुरा हो । यो एउटा युद्ध हो । युद्ध भएकाले कहाँ कसरी आक्रमण हुन्छ भन्ने थाहा हुँदैन । तर युद्धमा जित हात पार्ने, जित्ने प्रयास अनेक तरहबाट गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री