शुक्रबार, १४ वैशाख २०८१

थप ८२ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

समयपोष्ट २०७८ वैशाख २५ गते १७:३९

Advertisement

पछिल्लो २४ घण्टामा ८२ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

२४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री