बिहीबार, ६ वैशाख २०८१

‘एनआईबिएल समृद्धि फण्ड–२’ बाँडफाँट

समयपोष्ट २०७८ वैशाख २४ गते १३:५०

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्डअन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजना बाँडफाँट गरिएको छ ।

योजनाको १० रुपैयाँ अंकित मुल्यको बाह्र करोड इकाईहरु गत बैशाख १३ देखि १६ गतेसम्म विक्री आह्वान गरिएको उक्त योजनाको शुक्रबार बाँडफाँट गरिएको हो ।

यसमा भागभन्दा बढी आवेदन परेको थियो। सर्वसाधारण आवेदकहरुबाट (बीज पूँजी बाहेक) कुल ६७,०७६ आवेदन फाराम मार्फत माग भएको थियो। कुल १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो।

६४ हजार ५१४ आवेदन फाराममार्फत कुल १४ करोड ५२ लाख ९५ हजार ४०० इकाईका लागि रितपुर्वक आवेदन प्राप्त भएकोे र कुल २५ सय ६२ आवेदन फाराममार्फत १ करोड १० लाख ८ हजार ५९० इकाईको लागि रितपूर्वक आवेदन प्राप्त भएको थिएन।

रित पूर्वक आवेदन प्राप्त भएकोेमध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको थियो।

योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३० करोड रकममध्ये २९ करोड रकम बराबरको इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक, एक करोड रकमको इकाइ इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडलाई छुट्याइएको थियो।

सर्वसाधारणलाई बाँडफाँट गर्नु पर्ने १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणलाई वितरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री