
नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ ।
बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, बैठक पछि ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’










प्रतिक्रिया