शुक्रबार, १४ वैशाख २०८१

वैशाख २९ सम्म थपियो उपत्यकामा निषेधाज्ञा, पसल बिहानमात्रै खोल्न पाइने

समयपोष्ट २०७८ वैशाख २१ गते १६:३७

Advertisement

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

बैठकले खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरेको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री