
बाँके,कैलाली र कञ्चनपुर जिल्लामा थप दश जना कोरोना संक्रमितको उपचारका क्रममा निधन भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन,शिक्षण अस्पताल कोहलपुरमा दुई र सेती प्रादेशिक अस्पतालमा पाँच जनाको आज बिहान निधन भएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको वलीले जानकारी दिनुभयो ।
यसैगरी लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुषको आज बिहान साढे १ बजे र लम्किचुहा –१० की ३५ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिनुभयो ।
सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।










प्रतिक्रिया