शनिबार, ८ वैशाख २०८१

अष्ट्रेलियाबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ३० मिनेट भित्र परिवारको हातमा

समयपोष्ट २०७८ वैशाख १९ गते १४:२५

Advertisement

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड — १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।

रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइट
(www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सक्ने छन् ।

कोभिड — १९ को कारण यस बिषम् परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केही अत्यावश्यक सुविधा दिने सोचले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाए । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री