बिहीबार, १३ वैशाख २०८१

केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा

समयपोष्ट २०७८ वैशाख १९ गते १२:२९

Advertisement

ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट आल्प्स प्लस यु.भी. एयर प्युरिफायर नेपाली बजारमा भित्राएको छ ।

४९ हजार ९ सय ९० रुपैयाँ तोकिएको यस एयर प्युरिफायर नेपाल भरिका कम्पनीका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

सबै नयाँ यु.भी. किटाणुनाशक सुविधाको साथ, प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजि प्रयोग गर्ने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उच्च जापानी प्रविधिसँग विकसित हेपा फिल्टरसँग पी.एम. २.५ सुक्ष्म कणहरु (९९.९९% सम्म निकाल्छ), परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धुँवा, नराम्रा गन्ध वा पालतू जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने क्षमता राख्छ र स्वछ हावा प्रदान गर्दछ ।

यु.भी. कीटाणुशोधनसंग केन्ट आल्प्स प्लस एयर प्युरिफायर एक उच्च CADR र ४०० मि.तीन घण्टाको उच्च क्षमतासँग आउँदछ । जुन ४३० स्क्वायर वर्ग फिटको क्षेत्रफलको लागि आदर्श मानिन्छ । केही अन्य सुविधाहरूमा इन्टेलिजेंन्ट एयर क्वालिटी निगरानी, र फिल्टर प्रतिस्थापन सूचकहरू, चाङल्ड लक र कम आवाज अपरेशनहरू सामेल छन् ।

केन्ट आल्प्सले शुद्धिकरण प्रणालीको संयोजनका साथै फिल्टरहरूको सेट प्रयोग गर्दछ । तीन चरण निस्पंदन प्रक्रिया तपाईंलाई वायु शुद्धिकरणको उत्कृष्ट स्तर दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री