पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै उच्च संक्रमित

नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हालसम्मकै उच्च हो । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ ।

२४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री