बिहीबार, १३ वैशाख २०८१

डिल्लीबजार कारागार भित्र झडप

समयपोष्ट २०७७ जेठ ११ गते ९:३९

Advertisement

काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको राससलाई बताउनुभयो ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री