मंगलबार, ४ वैशाख २०८१

भारतबाट मार्वल लिएर टोखा प्रवेश गरेको ट्रकका सहचालकमा कोरोना पोजेटिभ

समयपोष्ट २०७७ जेठ ९ गते १७:१०

Advertisement

भारतबाट मार्वल लिएर टोखा नगरपालिका प्रवेश गरेको एक ट्रकका सहचालकमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

भारतको राजस्थान घर भएका ति ४० बर्षिय पुरुषको आर डि टि विधिबाट गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । सोही ट्रकका चालकको रिपोर्ट भने नेगेटिभ आएको बानियाँटार युवा समाजका अध्यक्ष प्रविण बानियाँले जानकारी दिए ।

शुक्रबार जि ए ७१६७ नम्बरको भारतिय ट्रक नगरपालिकाको वडा नं ३ स्थित एक हार्डवेयर सप्लायर्समा प्रवेश गरेको सुचना पाएपछि बानियाँटार युवा समाज र जनकल्याण सामाजिक केन्द्रका टोली निरिक्षणमा पुगेका थिए । टोलीले सोही वडाका वडा अध्यक्ष ,प्रहरी लगायतलाई खबर गरी उनीहरुको कोरोना परिक्षण गर्न दबाब दिएपछि उनीहरुलाई टोखा चण्डेश्वरी स्वास्थ केन्द्रमा लगेर परिक्षण गरिएको बानियाँले बताए ।

हाल ती युवालाई टेकु पठाईएको र ट्रकलाई नियन्त्रणमा लिएको बानियाँले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री