शुक्रबार, १४ वैशाख २०८१

क्लासिक टेकले गर्‍यो कर्मचारीको कोरना बिमा

समयपोष्ट २०७७ जेठ ५ गते १९:२३

काठमाडौं । कोरोना भाईरस महामारी नियन्त्रण गर्न सरकारी सँगसगै निजि क्षेत्रले पनि आफ्नो ठाउँबाट सक्रियता बढाएका छन् । नीजि इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरूको कोरना बिमा गराएको छ ।

Advertisement

विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्न बिमा उपलब्ध गराइएको कम्पनीद्वारा विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री