बिहीबार, ३ जेठ २०८१

बेलायतको रेलवे सेवामा कार्यरत कर्मचारीलाई कोराना संक्रमितले थुकेपछि गयो ज्यान

समयपोष्ट २०७७ वैशाख ३१ गते १५:५२

Advertisement

बेलायतको एक रेलवे टिकट अफिसरको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । लण्डनस्थित भिक्टोरिया स्टेसनमा कार्यरत ४७ वर्षीया बेली मुजिङ्गाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो ।

आफूलाई कोभिड–१९ को संक्रमण रहेको बताउने एक व्यक्तिले थुकेपछि उनलाई कोभिड १९ संक्रमण भएको बीबीसीले जनाएको छ । गत मार्च २२ मा स्टेसनमा कार्यरत भएको बेला ती व्यक्ति मुजिङ्गा र उनको सहकर्मी भएको ठाउँमा आएका थिए । मुजिङ्गाका पति लुसाम्बा गोडे काटालेका अनुसार ती व्यक्तिले उनलाई ‘के गरिराखेको र यहाँ किन ?’ भनेर सोधेका थिए ।

‘उनले म यहाँ काम गर्छु भन्ने जवाफ दिएपछि आफूलाई कोरोना संक्रमित बताउने ती व्यक्तिले उनीमाथि थुकेका थिए ।

उक्त घटनाको केही दिनमा नै दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । बेलायती प्रहरीका अनुसार उनीहरुमाथि थुक्ने मानिसको खोजी भइरहेको जनाइएको छ । गत अप्रिल २ मा उनलाई बारनेट अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखिएको ३ तीन दिनपछि उनको मृत्युको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री