बिहीबार, ३ जेठ २०८१

शिवम् सिमेन्ट्सको खुद नाफा घट्यो

समयपोष्ट २०७७ वैशाख ३१ गते ११:०५

Advertisement

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण गरिएको लकडाउनको असर शिवम् सिमेन्ट्समा पनि परेको छ ।
कारोबार हुन नसक्दा उत्पादन तथा बिक्रीवितरण लगायतका कार्यहरुमा असर परेपछि कम्पनीको नाफामा गिरावट् देखिएको हो ।

कम्पनीले बुधबार मात्र चालु आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बिक्रीबापत ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ। जसका कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ घटेर ७९ करोड २४ लाखमा सीमित भएको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो भने शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ नै रहेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २८ पैसा र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ३०९ रुपैयाँ १ पैसा रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका यस्ता अनुपात क्रमशः ३२ रुपैयाँ ९ पैसा, १९९ रुपैयाँ ८८ पैसा र ३०२ रुपैयाँ ८७ पैसा रहेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री