मंगलबार, ६ साउन २०८२

क्लासिकटेकले ४० एमबीपीएस इन्टरनेट ६ सय ९२ रुपैयाँमा दिने

समयपोष्ट २०७६ वैशाख ११ गते २०:१९

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले आफ्नो मुल्य र इन्टरनेट गतिमा परिवर्तन गरेको छ । अब मासिक ६ सय ९२ रुपैयाँमै ४० एमबिपिएस गतिको इन्टरनेट चलाउन पाइने कम्पनीद्वारा बुधवार जारी विज्ञप्तीमा उल्लेख छ ।

अहिले सम्म  ७४ जिल्लामा नेटवर्क विस्तार गरिसकेको कम्पनीले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै  ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ । कम्पनीसँग १०० जिबिपिएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।

यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीले दाबी गरेको छ ।

वार्षिक ग्राहकलाई जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु नपर्ने कम्पनीले जनाएको छ । साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री