मंगलबार, ६ साउन २०८२

युनिग्लोबमा अब कानुनको पढाई हुने

समयपोष्ट २०७६ वैशाख ८ गते १७:५६

कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले यस बर्ष देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । विद्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी सो बिषयमा जानकारी दिइयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा आफु निकै हर्षित भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री