शुक्रबार, १४ वैशाख २०८१

टेलिकमको नयाँ बर्ष अफर,२ सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल

समयपोष्ट २०७५ चैत २९ गते १४:२०

Advertisement

नेपाल टेलिकमले नयाँ बर्ष नयाँ वर्ष अफर २०७६ को लागि अफर ल्याएको छ। अफर अन्र्तगत कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ।

यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री