शुक्रबार, १४ वैशाख २०८१

गरीबी र दरिद्रताको अन्त्य हुन्छ, मात्र घरमा लगाउँनुहोस् यी दुई बृक्ष

समयपोष्ट २०७५ चैत २८ गते १४:२०

Advertisement

वास्तु शास्त्रमा घरमा बोट बिरुवा लगाउँनु अघि केही नियमहरु बताईएको छ । घरमा सही तरिकाले बोट बिरुवा नलगाए गृहस्वामी सहित परिवारको अन्य सदस्यको शारीरिक, आर्थिक र मानसिक समस्या आई पर्नसक्छ ।

वास्तुशास्त्रको प्रसिद्ध ग्रंथ ‘वास्तुराजवल्लभ’ का अनुसार तुलसी, केरा, चंपा केतकी, चमेली आदि शुभ पेड़-पौधे शुभ बोट बिरुवा मानिन्छन् । केराको बोट ईशान कोणमा रोप्नाले आर्थिक समस्या दुर हुन्छ । केराको बोटसंगै तुलसीको बोट लगाउँदा शुभ फल प्राप्त हुँने साथै भगवान विष्णुकोसाथै माता लक्ष्मीको कृपा समेत मिल्ने बताईन्छ ।

यसैगरी अशोक र नरिवलको बोट पनि एकदम शुभ मानिन्छ । अशोक प्रसन्नता दिने र चिन्ता दुर गर्ने बृक्षको रुपमा चिनिन्छ । यो बृक्षले घर परिवारका सदस्यबीच प्रेम र सौहार्दता बढाउने मान्यता रहिआएको छ ।

फेंगुशुई यानी चिनिया वास्तु शास्त्रका अनुसार घरको आसपास बाँसको बृक्ष लगाउँनु अत्यन्तै शुभ मानिन्छ । घर भित्र बाँसको बोन्साई बृक्ष लगाउँदा समृद्धि मिल्ने बताईन्छ । साथै घरको नकारात्मक उर्जा समाप्त हुँने बताईन्छ ।

प्राचीन भारतीय ग्रंथ बृहत्संहिता अनुसार पात अथवा डाठ चुढ्दा दुध आउँने बृक्ष घरमा कहिले रोप्नु हुँदैन । यसले धन हानी हुँने बताईन्छ ।

भारतीय वास्तुशास्त्र के अनुसार काडाँवाला बृक्ष घरको ढोका अगाढी अथवा घरको आसपास हुँनु अशुभ मानिन्छ । यसले सधै शत्रु भय बढाउने र सधै कष्ट भैरहने बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री