बिहीबार, २७ वैशाख २०८१

ज्योति लाईफ र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता

समयपोष्ट २०७५ चैत २५ गते १६:४२

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आवद्व निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौताले कम्पनीसँग आवद्वहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश विक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री