बिहीबार, १३ वैशाख २०८१

 घुम्ती हुलाक सेवाको सुरुवात, सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन सञ्चारमन्त्रीको आग्रह

समयपोष्ट २०७४ वैशाख १५ गते १०:१५

काठमाडौँ उपत्यकाको घरघरमा सूचना पुर्याउने उदेश्यले गोश्वारा हुलाक कार्यालयले  ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ ।
शुक्रवारदेखी सुरु भएको सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने छन  । रुट नं १ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई कर्मचारी सञ्चय कोष ठमेल, राहदानी विभाग, खानी विभाग, राजस्व विभाग, बाँसबारी इलाका हुलाक, बालुवाटार हुलाक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, पोष्टल प्लाजा डिल्लीबजार, अध्यागमन विभाग, लोकसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत हुँदै गोश्वारा हुलाकको क्षेत्रमा सेवा दिनेछ ।
रुट नं २ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई जिल्ला हुलाक कार्यालय ललितपुर, ललितपुर महानगरपालिका हरिहरभवन, स्टाफ कलेज जावलाखेल, पाटन औद्योगिक क्षेत्र, हरिहर भवन युनिट, त्रिपुरेश्वर क्षेत्रमा सेवा दिनेछ भने रुट नं ३ बबरमहल, बानेश्वर, कोटेश्वर, ठिमी, जिल्ला हुलाक कार्यालय भक्तपुरमा सेवा दिनेछ । घुम्ती शिविरको समयमा आफ्नो चिठीपत्र बाटोबाटै पाउने व्यवस्थासमेत कार्यालयले मिलाएको छ ।

Advertisement

सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गरे । उनले कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको बताए । मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पुर्याउनुपर्नेमा जोड दिए । उनले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री