शुक्रबार, १४ वैशाख २०८१

सरकारको उच्च प्राथमिकतामा ‘वान बेल्ट वान रोड’

समयपोष्ट २०७४ वैशाख १५ गते ९:४९

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालसहित दक्षिण एशीयाको आर्थिक विकासमा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणाले महत्वपूर्ण योगदान दिने बताएका छन । उनले  यो  अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताए ।
शुक्रबार चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘वान बेल्ट वान रोड र दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महराले सबै मुलुकलाई जोडने गरी चीनले अघि सारेको अवधारणाबाट नेपाललाई ठूलो लाभ हुने पनि स्पष्ट पारे ।
‘नेपाल दिगो आर्थिक विकासको बाटोमा अग्रसर भएको छ, मुलुकको आर्थिक वृद्धिदर सकारात्मक दिशामा अघि बढेको छ, सरकारले पूर्वाधार विकास, पर्यटन, उर्जा र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ ,’ अर्थमन्त्री महराले भने ।
अर्थमन्त्री महराले सरकारले अहिले स्थानीय तहको निर्वाचन गरी संघीयता संस्थागत गर्न लागि परेको पनि उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यू होङले ‘वान बेल्ट वान रोड’ को चिनियाँ अवधारणाले आर्थिक विकास गर्ने दक्षिण एशीयाली राष्ट्रहरुको चाहनालाई महत्वपूर्ण योगदान दिने बताए । राजदुत होङले नेपालको विकासमा चीनको सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री