शनिबार, ८ वैशाख २०८१

२६ विद्यालयमा विद्यार्थीले तालाबन्दी गर्ने

समयपोष्ट २०७४ वैशाख १३ गते ७:१५

संयुक्त विद्यार्थी संगठनले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएका निजी विद्यालयमा बुधबार तालाबन्दी गर्ने भएका छन् । विद्यार्थी संगठनले काठमाडौं, ललितपुर र भक्तपुरका ठूला भनिएका २६ विद्यालयको सूची तयार पारेका छन्

Advertisement

। तालाबन्दीको सुचिमा राखिएका विद्यालयको नाम भने सार्वजनिक गरिएको छैन । नाम गोप्य राखिएका ती विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको छ ।

कतिपय निजी विद्यालयले सरकारले तोकिदिएको सिलिङभन्दा बढी शुल्क लिएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चा लगायत दल निकट विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

विद्यार्थी संगठनहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् । शुल्क फिर्ताको माग गर्दै यसअघि विद्यार्थी संगठनहरुले शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री