शनिबार, ८ वैशाख २०८१

टोखा नगरपालिकाको मेयरमा अधिवक्ता शर्मा उमेद्वार

समयपोष्ट २०७४ वैशाख ७ गते ५:३५

माओवादी केन्द्रले काठमाडौंको टोखा नगरपालिकामा मेयरको  टुंगो लगाएको छ ।  पार्टी नगर कमिटीको बुधबार बसेको बैठकले टोखा नगरपालिकाको मेयर,उपमेयर र बडा अध्यक्षहरुको टुंगो लगाएको हो । 

Advertisement

टोखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रले कल्पना शर्मालाई सिफारिस गरेको छ भने उपमेयरमा धर्म डंगोल सिफारिस भएका छन् । शर्मा पेशाले कानुन ब्यवसायी र माओवादी केन्द्रका नेता दीनानाथ शर्माकी पुत्री समेत हुन् ।  यससंगै उपत्यकामा माओवादी केन्द्रका तर्फबाट मेयर र उपमेयरमा सिफारिस हुने शर्मा र डंगोल पहिलो व्यक्ति बनेका छन् ।  

त्यस्तै  वडा नम्वर २ मा समिर श्रेष्ठ, ३ मा रमेश डंगोल, ४ मा विष्णु श्रेष्ठ, ५ मा शेखर श्रेष्ठ, ९ मा लक्ष्मण न्यौपाने, १० मा शीतल श्रेष्ठ र ११ मा श्रीराम केसीको नाम वडाअध्यक्षका लागि सिफारिस भएको छ । 

अन्य वडाको हकमा पनि छिट्टै निर्णय हुँने माओवादी केन्द्र पार्टी नगर कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री