शुक्रबार, २६ जेठ २०८०

मोर्चा निर्वाचनमा आए दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

समयपोष्ट २०७४ वैशाख ६ गते ८:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा निर्वाचनमा आए स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव गरेका छन् । बुधबार प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन बसेको ५ दलको संयुक्त बैठकमा दाहालले यस्तो प्रस्ताव राखेका हुन् ।

Advertisement

बैठकमा प्रधानमन्त्रीले वैशाख ३१ गते र त्यसको २५ दिन पछि अर्को गरी स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्दा के हुन्छ भनि दलहरुवीच प्रस्ताव राखेका थिए । 

यसैगरी बैठकमा मधेसी मोर्चा निर्वाचनमा नआए पनि आगामी वैशाख ३१ को निर्वाचन गराएरै छाड्नेमा प्रमुख पाँच दल सहमत भएका छन् ।  वैशाख ३१ गते हुने निर्वाचनमा कुनै आशंका नगर्न समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरेका छन् ।

उनले मधेसी मोर्चालाई सहमतिमा ल्याउन उनीहरूकै सहमतिका आधारमा संशोधन प्रस्ताव ल्याए पनि अहिले त्यसको विरोधमा उत्रिएकोमा चिन्ता समेत ब्यक्त गरे । 

प्रधानमन्त्रीले एकातिर मोर्चा पनि आन्दोलनमा जाने अर्को तर्फ सत्तारूढ राप्रपाले निर्वाचन आयोगको निर्णय विरूद्ध भन्दै चुनावै बहिष्कार गरेर आन्दोलनमा जाने कुरा गरेकोले थप अन्यौल उब्जाएको बताए। उनले अर्कोतर्फ नयाँ शक्ति हिन्दुवादी र राजावादीहरू आन्दोलनमा जानुले मुलुकको स्थिति असहज बनाउन सक्ने भन्दै अब मोर्चालाई  साथै लिएर जाने  बताए । 

बैठकमा नेपाली कांग्रेस, एमाले माओवादी राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागी थियो । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री