शुक्रबार, १६ चैत २०८०

निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउ : प्रधानमन्त्री

समयपोष्ट २०७४ वैशाख ५ गते ६:१३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । 

Advertisement

मंगलबार बिहान प्रधानमन्त्रीले  सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाई निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् । 

भेटमा प्रधानमन्त्रीले देशको सुरक्षा अवस्था र बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे  जानकारी समेत लिए । प्रधानमन्त्रीले  नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटार बोलाएका हुन् । 

भेटमा सुरक्षा निकिायका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री