बुधबार, १२ वैशाख २०८१

निर्वाचन आयोगले सार्वजनिक गर्यो मतदाताको अन्तिम सूची

समयपोष्ट २०७४ वैशाख ४ गते ४:२६

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ । आगामी बैशाख ३१ गते हुने  स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता रहेको आयोगद्धारा सार्वजनिक गरिएको नामावलीमा उल्लेख छ ।

Advertisement

 उल्लेखित नामावलीमा पुरुष मतदाताको संख्या  ७० हजार ६९ हजार ७१४ र  महिला मतदाताको संख्या ६९ हजार ८४ हजार ६२५ रहेको  छ । त्यसैगरी  तेस्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको  छ । निर्वाचन आयोगका अनुसार ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यस नामावलीमा समावेश छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री