शनिबार, १५ वैशाख २०८१

बेनेलीको ३ नयाँ मोटरसाइकल नेपाली बजारमा,यस्ता छन् मुल्य

समयपोष्ट २०७४ वैशाख ४ गते ४:१६

नेपालका लागि बेनेलीको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनले ३ नयाँ मोडलका मोटरसाइकलको बिक्री सुरु गरेको छ । इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले हालै मात्र उत्पादन गरेका टिएनटी १३५, टोर्नाडो ३०२ आर र टिआरके ५०२ को आइतबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

Advertisement

भर्खरै मात्र बिक्री खुल्ला गरिएको बेनेलीको टिआरके ५०२ मोटरसाईकलको मुल्य ११ लाख रुपैयाँ तोकिएको छ । २० लिटरको ट्याङकी रहेको यो बाइक ५ सय सिसिको छ । अगाडिको चक्कामा डबल डिस्क ब्रेक रहेको यो बाइक लामो दुरीको यात्रा गर्न मिल्ने गरी निर्माण गरिएको छ । विशेष गरी नेपालको मनाङ मूस्ताङ यात्राको लागि यो बाइक उपयुक्त हुने दाबी गरिएको छ । 

यसैगरी ७ लिटरको ट्याङ्की रहेको टिएनटी १३५ मंकी बाइकको मुल्य २ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।  प्रतिलिटर ४० किलोमिटरसम्म माइलेज दिने यो बाइक १ सय ३५ सिसिको रहेको छ । हाल यी बाइक कालो, सेतो र रातो रङमा बजारमा उपलब्ध छन्।

त्यस्तै स्पोर्टी लुक्सको टोर्नाडो ३०२  बाइकको मुल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । २५ देखि २८ किलोमिटरसम्म माइलेज दिने यो बाइक ३ सय सिसिको  छ ।  १४ लिटर ट्याङ्कि रहेको यो बाइकको अगाडि चक्कामा २ सय ६० एमएमको डबल डिस्क ब्रेक रहेको छ । 

DSK-Benelli-Tornado-302-India-2

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री