शुक्रबार, १४ वैशाख २०८१

लक्ष्मी बैंकको हकप्रद सेयरको बिक्री खुल्यो,जेठ ७ गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७४ वैशाख ३ गते ४:३१

लक्ष्मी बैंकले आइतबारबाट शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयरको खुल्ला गरेको छ । बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेकोे हो ।

Advertisement

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ । बैकको सेयरमा चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको  बैंकको शतप्रतिशत हकप्रद निष्काशन पछि चुक्ता पूँजी ६ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडेपछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैँया नाघ्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री