शनिबार, १५ वैशाख २०८१

एक व्यक्तिको नाममा एकभन्दा बढी बचत खाता र एटिएम कार्ड संचालन नगर्न राष्ट्र बैंकको निर्देशन

समयपोष्ट २०७४ वैशाख ३ गते ४:२३

एउटै बैंकमा एकै व्यक्तिको नाममा एकभन्दा बढी बचत खाता र एटिएम कार्ड संचालन नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले  एक व्यक्तिको एकै प्रकृतिको एउटा खाता मात्र संचालनमा ल्याउन निर्देशन जारी गरेको हो ।  मुद्दती खाताको हकमा भने यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

Advertisement

राष्ट्र बैंकको  निर्देशन अनुसार  बैंक तथा वित्तीय संस्थाहरुले एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड पनि जारी गर्न पाउँने छैनन् । 

 कल खाता र बचत खाताको ब्याजदर समान बनाउन यस अघि जारी गरेको निर्देशनलाई थप स्पष्ट्र पार्दै बचतको सबैभन्दा न्यून ब्याजदर आउने खाता भनेर सम्झनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । बचत खातामा सबैभन्दा न्यूनतम ब्याजदर १ प्रतिशत रहेको छ ।

यसैगरी राष्ट्र बैंकले ऋण लिदा बैंकहरुले लिने सेवा शुल्कमा समेत कडाई गरेको छ । बैंकले ऋण नदिएमा सेवाग्राहीबाट सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । बैंकबाट ऋण नपाएमा सम्बन्धित सेवाग्राहीको शुल्क सम्बन्धित व्यक्तिको खातामा फर्काउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकको निर्देशनमा कर्जा प्रवाह गर्दा लिने प्रशासिन शुल्क र प्रतिबद्धता शुल्क बाहेक कर्जासँग सम्बन्धित शुल्क ब्याजदर प्रतिबिम्बित हुनुपर्ने उल्लेख छ । यसरी लिने शुल्कमा प्रशासिनक र प्रतिबद्धता शुल्कको फरक ०.२५ प्रतिशत भन्दा फरक हन नहुँने उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री