मंगलबार, ४ वैशाख २०८१

ज्योति विकास बैंकलाई वेष्ट इन्टरप्राइज अवार्ड

समयपोष्ट २०७३ चैत २९ गते ३:३९

लण्डनमा सम्पन्न एउटा अन्तर्राष्ट्रिय समारोहमा ज्योति विकास बैंकले वेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गर्न सफल भएको छ । यो अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । लण्डनमा २८ मार्च २०१७ मा आयोजित उक्त समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिंग क्षेत्रको उत्कृष्ठ संस्था घोषित गरिएको थियो । त्यसै गरी सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअरद्वारा सम्मान गरिएको छ ।

Advertisement

यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । यस समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए ।

तिनमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए । सहभागी संस्थाहरुमा युनाइटेड बैंक अफ इन्डिया, अजिजी बैंक अफगानिस्तान, नोम्पेन्ह वाटर सप्लाई अथरिटी कम्बोडिया, युनिभर्सिटी अफ योर्क, डिवाई पाटिल युनिभर्सिटी इन्डिया, ओपन युनिभर्सिटी अफ स्वीटजरलैण्ड समेत थिए ।

ज्योति विकास बैंकको हाल चुक्ता पूँजी १ र्अब १० करोड ४३ लाख रहेको छ । यसै सन्दर्भमा १ः१ अनुपातमा हकप्रद शेयर निस्काशन गर्ने तयारीमा रहेको छ । यसै परिप्रेक्ष्यमा, राष्ट्रिय स्तरको यस ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा दुबै बैंकहरु बीचमा समझदारी पत्र आदानप्रदान भई नेपाल राष्ट्र बैकमा सैद्धान्तिक स्वीकृतिको लागि प्रक्रिया अगाडि बढी सकेको छ । यस भन्दा अघि २०७३ साउनमा ज्योति विकास बैंकमा साविक झिमरुक विकास बैंक गाभिई एकीकृत कारोवार सम्पन्न भएको थियो । नेपाल राष्ट्र बैंकको जारी निर्देशन अनुसार अब चालु आबको प्रक्षेपित मुनाफा समेत गरी ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोडभन्दा माथि पुग्ने भएको छ ।
त्यस्तै ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिएपछि निक्षेप १० अर्व र कर्जा लगानी.९ अर्ब नाघ्ने छ । हाल यस विकास बैंकका २९ शाखाहरु, एउटा एक्सटेन्सन काउन्टर र ११ एटिएम रहेका छन् । चालु आबमा खोलिने शाखाहरु धनगढी, दाङ, सुर्खेत, झुम्का समेत र राप्तीभेरी विकास बैंकका ५ शाखाहरु समेत गरी शाखाहरुको संख्या ३९ पुग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री