शनिबार, १५ वैशाख २०८१

अपिपावरले बोनश शेयरपछि १ः२ हकप्रद शेयर जारी गर्ने

समयपोष्ट २०७३ चैत २९ गते ३:३३

अपिपावर कम्पनी लिमिटेडले अर्थिक बर्ष २०७२ र ७३ को मुनाफाबाट बोनश शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्व ५ करोड भएकाले सो पूजीको १ः२ हकप्रद शेयर जारी गरी २ अर्ब १० करोड रकम शेयरधनीबाट संकलन गर्ने भएको छ । यसपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड पुग्ने छ ।

Advertisement

कम्पनीको हालको जारी पूँजी ३ अर्ब रहेको छ । चुक्ता पूँजीको १ः२ हकप्रद शेयर जारी गर्नका लागी कम्पनीको जारी पूँजीमा बृद्घि गनुपर्ने भएकाले यो विशेष साधारण सभा बोलाएको छ । हकप्रद शेयर निष्काशनबाट संकलनहुने २ अर्ब १० करोड रकममध्ये १ अर्व १० करोड कम्पनीले निमार्ण गर्ने विभिन्न सोलार विद्युत आयोजनहरुमा तथा एक अर्ब सिद्घकालीपावर लिमिटेडले निमार्ण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजनामा लगानी गर्ने भएको छ ।अपिपावर कम्पनीको हालको चुक्तापूँजी एक अर्व ५ करोड र जारी पूँजी ३ अर्ब रहेकोमा पूँजी वृद्धि गरी जारी पूँजी ४ अर्व कायम गर्ने र कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुनेगरी प्रबन्धपत्रमा संशोधनगर्ने प्रस्ताव साधारणसभाले पारित गरिएको छ ।

पव्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भई विद्युत विकासको काममा संलग्न भएको यस अपि पावर कम्पनीमा धेरै शेयर धनीको लगानी छ । भविश्यमा विद्युत विकासको क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित भई शेयरधनीको लगानीमा उचित प्रतिफल प्राप्त गराउन कम्पनी सदैव समर्पित भएर काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री