बुधबार, १२ वैशाख २०८१

एस डेभलपमेण्ट बैंक ईन्भेष्टमेण्ट बैंकमा विलय हुने पक्का

समयपोष्ट २०७३ चैत २५ गते ८:३८

नेपाल इन्भेष्टमेण्ट बैंकमा एस डेभलपमेण्ट बैंक विलय हुने भएको छ । शुक्रबार  राजधानीमा विशेष साधारण सभा आह्वान गरी इन्भेष्टमेण्ट र एसले विलय प्रस्ताव पारित गराएका हुन् । 

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंकले राजधानीको कालिकास्थानमा विशेष सधारण सभाको सम्पन्न गर्दै विलय प्रकृयालाई अनुमोदन गर्यो भने  एस डेभलपमेण्ट बैंकले  लाजिम्पाट स्थित विशेष साधारण सभा आयोजना गरी विलय प्रकृयालाई अनुमोदन गरेको हो ।

 अब नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएर दुवै बैंकले केही महिनामा एकीकृत कारोबार सुरु गर्ने छन् ।

एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी नौ अर्ब २० करोड रुपैंया हाराहारी पुग्नेछ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा विलय प्रकृया पुरा गरी एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री