बिहीबार, १३ वैशाख २०८१

गभर्नर भन्छन् : निजी क्षेत्रको सहभागिताविना मुलुकको समृद्धि सम्भव छैन

समयपोष्ट २०७३ चैत २५ गते ८:००

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्रको सहभागिताविना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा गर्भनर नेपालले निजी क्षेत्रले विकास निर्माणको काममा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्ने समेत बताए । 

Advertisement

उनले  विकास निर्माणको कामलाई अघि बढाउन सरकारसंग बजेटको अभाव रहेको दावी गर्दै बजेट अभावकै कारण विकास निर्माणको कामलाई अघि बढाउन दातृ निकायसँग ऋण सहायता लिने गरेको  स्पष्ट पारे । उनले कूल बजेटको ७० प्रतिशत रकम साधारण खर्चमै सकिने र बाँकि २० प्रतिशत बजेटले विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

गभर्नर नेपालले मुलुकको समृद्धिका लागि वित्तिय स्रोत जुटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिए । नेपाल राष्ट्र बैंकले विकास निर्माणको आयोजनाका लागि वित्तीय व्यवस्थापन गर्ने गरी नीतिगत व्यवस्था नै गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री