शुक्रबार, ७ वैशाख २०८१

बेडरुममा दम्पत्तीले नगर्नुहोस यी कुरा, निम्त्याउँछ विवाद

समयपोष्ट २०७३ चैत २४ गते ६:३४

अधिकांश मानिसको वैवाहिक जीवन अशान्त बन्दै गईरहेको छ । समयसंगै दम्पत्तीबीचको आपसी प्रेममा पनि कमि आउँन थालेको देखिन्छ । दाम्पत्य जीवनमा केही सामान्य कुराहरुमा ध्यान पुर्याउँदा दाम्पत्य जीवन सफल बनाउँन सकिन्छ । 

Advertisement

बेडरुममा यि कुराको ध्यान पुर्याउँनुहोस्
बेडरुममा कहिले पनि आफु बाहेक तेस्रो ब्यक्तिको चर्चा नगर्नुहोस् । श्रमिान श्रीमती एकान्तमासंगै  हुँदा आ-आफ्नै विषयमा कुरा गर्दा विवाद हुँने सम्भावना कम हुन्छ ।

पुराना कुरा नगर्नुहोस्
यदि पछिल्लो समय जीवन साथीले केही गल्ती गरेको भए त्यहीँ गल्ती बारम्बार नदोहोराउँनुहोस् । बितेका नराम्रा पलको सम्झना गर्दा दु:ख मात्र हुन्छ त्यसको केही लाभ पाईदैन । 

दुवै एकै समय रिसाउँने नगर्नुहोस्
सुखी बैवाहिक सम्बन्धको लागि यो कुरामा निकै विचार पुर्याउँनुपर्नेहुन्छ । जब दुई जना बीच एक रिसाउँछ त एक शान्त हुँनुपर्छ । दुवै जना एकै समय रिसाउँदा सम्बन्ध बिग्रिनसक्छ । रिसमा मानिसले सोच्ने शक्ति गुमाउँछ । रिसाएको बेला मानिस सही र गलत छुट्टाउँन असमर्थ हुन्छ ।   

प्रेमपुर्वक तर्क राख्नुहोस्
जीवनमा श्रीमान श्रीमती बीच कहिले तर्क वितर्क हुँने गर्छ । दुवैले तर्क राख्दा एकलाई चित्त नबुझ्नसक्छ । यस्तो परिस्थितीमा आक्रामक भएर भन्दा पनि प्रेमपुर्वक आफ्नो धारणा राख्दा विवाद हुँने सम्भावना कम हुन्छ ।

सधै जीवनसाथीको केही राम्रो कुरा बताउँने गर्नुहोस् 
आफ्नो तारिफ सुन्ने रहर सबैलाई हुन्छ । अझ विशेष गरी तपाईले जीवन साथीको तारिफ गर्नुभयो भने उसलाई निकै खुसि मिल्छ । यसले आपसी प्रेम र सद्भाव बढाउँन मद्दत गर्छ । 

तनाव कम गर्ने कोशिश गर्नुहोस्

अक्सर मानिसहरु अफिसको तनाव घरमा ल्याउँने गर्छन् । यस्तोमा एक अर्कामा परेको समस्या के हो बुझेर समाधान गर्नतिर लाग्नुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री