शुक्रबार, १६ चैत २०८०

फोर्ड गाडीको अप्पर मुस्ताङ एडभेन्चर

समयपोष्ट २०७३ चैत २४ गते ३:३३

फोर्डले यति ट्राभल्स्सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ ।

Advertisement

फोर्डले आफ्नो गाडीहरुको उच्चतम टेक्नोलोजी र विशेषताहरु सु-सुचित गर्ने उद्देश्यले यस्तो कार्यक्रमहरु गर्दै आइरहेको छ । विभिन्न अफ-रोड कार्यक्रमहरु आयोजना गरी विशेषतः फोर्ड एडभेन्चर र फोर्ड रेन्जर अफ रोड ड्राइभको लागि दरिलो ढंगले बनाइएको हुनाले यस गाडीहरुको कौशलताको तथा अनुभवहरु ग्राहकवर्गहरु सामु ल्याउँदै आएको छ । यस ७ दिने कार्यक्रममा आफ्नो एसयूभी को कौशलता, क्षमताका साथै नेपालको अलौकिक सुन्दरता सँग साक्षत्कार हुने अवसर पनि भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री