शुक्रबार, १६ चैत २०८०

एयरहोस्टेसमा बढ्दो आकर्षण

समयपोष्ट २०७३ चैत २१ गते ३:१३

Rezina tuladharरेजिना तुलाधर, म्यानेजर, नेपाल एयर होस्टेज एकाडेमी 

Advertisement

नारी सशक्तीकरणको कुरा जहींतहीं भएता पनि नेपालमा भने अझै पनि नारीहरूले आफूले रुचाए अनुसारको पेसा अँगाल्न असमर्थ नै छन् । हरेक 
बुवाआमाले आफ्ना छोरीहरूलाई डाक्टर, इन्जिनियर, शिक्षिका, सहकारी अफिसर भएको देख्न चाहन्छन् । र, त्यहीअनुरूप छोरीहरूलाई सानैदेखि निर्देशन पनि गर्छन् । 

आकाशे सुन्दरी या एयरहोस्टेसको सन्दर्भमा कुरा गर्ने हो भने नेपाली समाजमा अझै पनि यो पेसालाई खुलेर स्वीकारिएको छैन । तर, समयसँगसँगै यो पेसाका लागि धेरै नेपाली युवतीहरू आकर्षित भइरहेका छन् । नारीहरूलाई प्रकृतिको सुन्दर सृजनाका रूपमा लिइन्छ । एउटी नारीले कुनै पनि समस्याको समाधान आफ्नो मीठो मुस्कानसाथ गर्छे । त्यसैले हवाई क्षेत्रमा एयर होस्टेसका लागि नारीहरूलाई बढी प्राथमिकता दिइन्छ । किनकि नारीहरूले हवाई यात्रा गर्दा यात्रुहरूलाई आफ्नो मीठो मुस्कानसाथ सेवा पुर्याइरहेका  हुन्छन् । नेपाली समाजको धारणाविपरीत एयरहोस्टेस पेसा भनेको केही समयका लागि या भनौं कुनै उमेरहदसम्म मात्र नभई सुनिश्चित भविष्यका लागि पनि रहेको हुन्छ । यसमा राम्रो कमाइ पनि हुन्छ ।

ASS

विशेषतः एयरहोस्टेसको काम भनेको हवाइयात्रुहरूलाई सुविधा र सुरक्षा प्रदान गर्नु हो । त्यसैले यो पेसालाई अरू पेसाजस्तै इज्जतिलो र राम्रो मान्न सकिन्छ । एयरहोस्टेस हुनाका लागि युवतीहरूमा बाह्र कक्षा पास भएको, उचाई ५ः३, वर्ष १८ देखि २७ वर्ष उमेर पुगेकोहुनुपर्छ । 

Nepal Airhostess Academy

नेपालमा एयरहोस्टेस तालिम दिने थुप्रै केन्द्रहरू खुलेका छन् । तीमध्ये पुतलीसडक काठमाडौंमा अवस्थित नेपाल एयर होस्टेस एकाडेमी पनि पर्छ । विगत चार वर्षदेखि यस एकाडेमीले थुप्रै युवतीहरूलाई ट्रेनिङ दिँदै आइरहेको छ र यहाँ ट्रेनिङ प्राप्त युवतीहरू विभिन्न हवाई उद्योगहरूमा कार्यरत पनि छन् । नेपालमा बढ्दै गइरहेको हवाई उद्योगसँगसँगै एयरहोस्टेसको माग पनि बढिरहेको छ ।

Nepal Airhostess Academy

यो उद्योगमा नाम र दाम दुवै हुने र आफूले रुचाएको ठाउँहरू यात्रा गर्न सम्भव हुने भएकाले यस पेशा प्रति धेरै युवतीहरूको रुचि बढिरहेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्रेनिङ इन्स्टिच्युट भएका कारण यस संस्थाले समयसापेक्ष ट्रेनिङ प्रदान गर्दैे आइरहेको छ । यस संस्थामा बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुन्छ । कक्षामम युवतीहरूलाई कसरी आत्मविश्वास बढाउने व्यक्तित्व विकास गराउने, हवाई सेवाको सम्पूर्ण जानकारी एयरहोस्टेसको काम, कर्तव्यको बारेमा जानकारी दिइन्छ ।

Nepal Airhostess Academy

प्राक्टिकलको लागी युवतीहरूलाई हवाईजहाजमै भ्रमण गराइन्छ । यहाँ युवतीहरूलाई एउटा अनुशासन र नीति नियमको पालना गर्न लगाइन्छ र ट्रेनिङपश्चात् पनि उनीहरूको प्रोफाइल विभिन्न स्वेदेशी हवाई उद्योगहरूको रोजगारीका लागि पठाइन्छ । त्यसैले यो ट्रेनिङ इन्स्टिच्युट अरूभन्दा भिन्न छ । 

Nepal Airhostess Academy

IMG_3044तस्वीरहरु : प्रदीपराज वन्त

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री