बिहीबार, ६ वैशाख २०८१

शेखर गोल्छा प्यानलको उम्मेदवारी दर्ता,सौरभले फिर्ता लिए

समयपोष्ट २०७३ चैत २० गते ७:५२

चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाको लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा समूहले उम्मेदवारी दर्ता गराएको छ ।महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला/नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन । गोल्छा प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने एसोसियटमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी परेका छ ।

Advertisement

 आगामी कार्यकालको लागि एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका सौरभ ज्योतिले भने चन्द्र ढकाललाई समर्थन गर्दै कार्यसमितिमा उम्मेद्वारी दिएका छन् । महासंघलाई अझै बलियो,चुस्त दुरुस्त बनाउको लागि आफूले उपाध्यक्षमा ढकाललाई समर्थन  गरेको ज्योतिले बताए ।  

 कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् । गोल्छा प्यानलबाटै बस्तुगत तर्फ हेमराज ढकाल,हेमरत्न शाक्य, विनोद ढकाल र लोकनाथ गैरे,अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकास अधिकारी, खेमराज पन्तले उम्मेदवारी  दिएका छन्। 

त्यस्तै, एसोसियट तर्फबाट प्रबलजंग पाण्डे, पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठका छोरा उदिप कुमार श्रेष्ठ पहिलो पटक महासंघको कार्यसमिति सदस्यको उम्मेदवारी दर्ता गराउँदै छन् । त्यस्तै, एसोसियट तर्फ भरतराज आचार्य, कृष्णप्रसाद दुलाल, रामशरण थपलिया, आनन्द वगरिया, नारायण बजाज, शक्ति बेगानी, अखिलकुमार चापागाई, सुनिल नारायण श्रेष्ठ, बासुदेव गौतम, शिशिर कुमार भट्ट, राजेश अग्रवाल, भेषराज अर्याल लगायतले उम्मेदवारी दिएका छन् । 

साधारणसभाको लागि उम्मेदवारी दर्ताको मिति सोमबारसम्म रहेको छ । अहिले  वरिष्ठ उपाध्यक्ष भवानी राणा छिन् । वरिष्ठ उपाध्यक्ष  स्वत अध्यक्ष हुने व्यवस्था रहेकाले महासंघको यो साधारणसभाबाट भवानी राणा अध्यक्ष हुनेछिन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री