मंगलबार, ११ वैशाख २०८१

नयाँ वर्ष अफर,एलजीको सामान खरिदमा अब उपहारै उपहार

समयपोष्ट २०७३ चैत २० गते ६:५२

नयाँ वर्षको अवसर पारेर एलजी ब्राण्डले विभिन्न उपहार योजना ल्याएको छ ।  यो योजना चैत २० गते देखि सीमित अवधिको लागि हुनेछ । एलजी होम इन्टरटेनमेन्ट योजना अन्तर्गत एलजी टिभीको खरिदमा २ वर्षको वारेन्टी र २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

Advertisement

त्यस्तै ५५ इन्च ओएलइडी टिभी तथा ६० इन्च वा सोभन्दा माथिको यूएचडी टिभीको खरिदमा मेघौली सेराइ ताज सफारी जाने अवसर दिइने कम्पनीले जनाएको छ । जसअन्तर्गत दुई रात र तीन दिनसम्म मेघौली सेराईमा बस्न सकिनेछ ।

त्यस्तै २४ देखि ३२ इन्चसम्मको एलइडी टिभीको खरिदमा गेम रिमोट निशुल्क, ३२ देखि ४३ इन्चसम्म स्मार्ट एलइडी टिभीको खरिदमा म्याजिक मोसन रिमोर्ट, एलजी ब्लुटुथ स्पीकर प्राप्त गर्न सकिनेछ । ४३, ४९ र ५५ इन्च यूएचडी टिभीको खरिदमा एलजी होम थिएटर सिस्टम प्राप्त गर्न सकिनेछ । 

एलजी होम अप्लायन्स अफर्स अन्तर्गत साइड बाइ साइड रेफ्रिजेरेटरको खरिदमा १३ हजार १ सय ९० मूल्य पर्ने एलजी माइक्रोवेभ, डबल डोर रेफ्रिजेरेटरको खरिदमा  ३ हजार १ सय ३० रुपैयाँ पर्ने पिगोइन मिक्स्चर ग्रिन्डर पाइने कम्पनीले जनाएको छ । सुपर कुकर, वासिङ मेसिनको खरिदमा विभिन्न अप्लायन्सहरु पाउन सकिने एलजीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री