८ अंक घट्यो नेप्से परिसूचक
नेप्से परिसूचक ८.१४ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
३१४ स्टकको ७९ हजार ७७७ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँबराबरको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ। ९ उपसमूहको परिसूचक घटेको छ। बढेकाे उपसमूहरूकाे वृद्धिदर १ प्रतिशतभन्दा कम रहेकाे छ। वित्त उपसमूहकाे परिसूचक सर्वाधिक १.२४ प्रतिशत घटेकाे छ। विकास बैंक र अन्य उपसमूहकाे परिसूचक १ प्रतिशतभन्दा बढी घटेकाे छ।
तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेकाे छ। सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। रिडी पावर कम्पनीको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५८ करोड ४ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। ङादी ग्रुप पावरको करिब ५३ करोडको शेयर कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको करिब ५१ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया