सुनको मूल्य बढ्यो

सुनको मूल्य सामान्य बढेको छ ।

Advertisement

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री