सोमबार, ३० असार २०८२

१४ अंक घट्यो नेप्से परिसुचक

समयपोष्ट २०८२ वैशाख १५ गते १५:४९

Advertisement

नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।

३२७ स्टककाे ७६ हजार ९९८ पटककाे काराेबारमा ८ अर्ब ९१ कराेड २८ लाख ४३ हजार रूपैयाँबराबरकाे २ कराेड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिनलगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। घटेका अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। मध्य भाेटेकाेशी जलविद्युत कम्पनीकाे शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री