तीन अंक बढ्यो नेप्से परिसुचक
नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेकस १.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ।
३१४ स्टकको ८९ हजार १६१ पटकको कारोबारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको २ करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ। जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। वित्त उपसमूहकाे परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेकाे छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रोको शेयर प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड नाघेको छ।
प्रतिक्रिया