कक्षा १२ को नयाँ तालिका सार्वजनिक
समयपोष्ट
२०८२ वैशाख १० गते १७:११
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका संशोधन गरी नयाँ मिति सार्वजनिक गरेको छ। शिक्षक आन्दोलनका कारण पूर्वनिर्धारित परीक्षा मिति प्रभावित भएपछि बोर्डले परीक्षा १० दिन पछि सारेको हो।
बोर्डका अनुसार अब परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने तय गरिएको थियो।
बोर्डले नियमित तथा आंशिकतर्फका सबै विद्यार्थीहरूका लागि नयाँ संशोधित तालिका प्रकाशित गरिसकेको छ। बोर्डले परीक्षा केन्द्र र समयसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया