शुक्रबार, २ जेठ २०८२

नेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’सम्पन्न

समयपोष्ट २०८२ वैशाख ९ गते २०:२८

Advertisement

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा एकदिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ। कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको व्यापार समीक्षा गरिएको थियो भने बाँकी समयका लागि सेल्स रणनीति तर्जुमा गरिएको थियो।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेलसहित उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरूको सहभागिता थियो।

सञ्चालक अग्रवालले चुनौतीपूर्ण अवस्थामा पनि कम्पनीले हासिल गरेको सफलताका लागि सबैलाई धन्यवाद दिँदै आगामी लक्ष्य प्राप्तिका लागि शुभकामना व्यक्त गरे। उनले जीवन बीमा पोलिसीलाई भविष्यको आधारशिला र जीवनयापनको माध्यमका रूपमा चित्रण गर्दै बीमा चेतना अभिवृद्धिमा जोड दिए। “सफलता कुनै चमत्कार नभई टिमको जोश, इमान्दारिता, परिश्रम र रणनीतिक कार्यान्वयनको संयोजन हो,” उनले भने।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको उपलब्धिलाई ऐतिहासिक भएको बताउँदै २५औँ वर्षमा प्रवेश गरेको अवसरमा निर्धारित लक्ष्य सहजै प्राप्त हुने विश्वास व्यक्त गरे। उनले डिजिटलाइजेसनमार्फत सेवा प्रणालीलाई समयसापेक्ष बनाइरहेको जानकारी दिँदै निकट भविष्यमा बीमितले घरमै बसी छिटोछरितो सेवा प्राप्त गर्न सक्ने बताए।

Advertisement

नेसनल सेल्स हेड पोखरेलले सेल्स टिमले जीवन बीमा बजारको विस्तार र पहुँच अभिवृद्धिका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विभिन्न विभागीय र प्रादेशिक प्रमुखहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।

समापनमा नायब प्रमुख कार्यकारी अधिकृत कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यवाद दिँदै भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले ल्याएका अवसरलाई उपयोग गर्न कम्पनीले कार्य थालिसकेको बताए। उनले जीवन बीमा क्षेत्रमा आगामी रूपान्तरणलाई अंगीकार गर्न कर्मचारीहरूलाई सीप र ज्ञान अभिवृद्धिमा जोड दिए।

नेपाल लाइफले जीवन बीमा क्षेत्रमा बजार हिस्सा विस्तार गर्दै आम नागरिकमा बीमाको पहुँच पुर्याउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री