आइतबार, २२ असार २०८२

कक्षा १२ को परीक्षा : दुई केन्द्राध्यक्षको राजीनामा

समयपोष्ट २०८२ वैशाख ९ गते १९:२६


दैलेख र धनकुटाका दुई जना केन्द्राध्यक्षले कक्षा १२ को परीक्षाका लागि तोकिएको जिम्मेवारीबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्याय र धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले राजीनामा दिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

Advertisement

राजीनामा दिने दुवै शिक्षकमध्ये उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै आफू परीक्षा सञ्चालनमा सहभागी नहुने बताएका छन्। भट्टराईले पनि सोही आन्दोलनलाई समर्थन गर्दै बोर्डको ‘हुकुमी शैली’ प्रति आपत्ति जनाउँदै पदबाट अलग भएका हुन्।

उनीहरूले परीक्षा नियन्त्रकलाई सम्बोधन गरिएको राजीनामा पत्रमार्फत यस्तो शैलीमा परीक्षा सञ्चालन गर्न नसकिने उल्लेख गरेका छन्।

नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि सुरू गरेको आन्दोलन अन्तर्गत कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री