
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि निर्धारित समयमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकले शिक्षकहरूको आन्दोलनका बाबजुद परीक्षा नरोक्ने निर्णय गरेको हो।
शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ प्रकारका शिक्षकहरूलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका छन्। सरकार र महासंघका प्रतिनिधिहरूबीच पटक-पटक वार्ता भए पनि सहमति हुन सकेको छैन।
शिक्षकहरूले माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडान लिएका छन्।









प्रतिक्रिया