मंगलबार, १७ असार २०८२

चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा

समयपोष्ट २०८२ वैशाख ९ गते ९:१४

Advertisement

चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्न नेपाल आएका हुन्।

५१ वर्षीय कार्लोसले धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्ने कार्यक्रम रहेको छ।

ब्राजिलको सन् २००२ को फिफा विश्वकप विजेता टिमका महत्त्वपूर्ण सदस्य रहेका कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टिमबाट खेलेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री